काठमाडौं- काठमाडौंको मातातीर्थ क्षेत्रमा आज ६ घन्टा विद्युत अवरूद्ध हुने भएको छ।नेपाल विद्युत प्राधिकरणका अनुसार हाइटेन्सन पोल मर्मत गर्नका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुन लागेको हो ।बलम्बु सहायक वितरण केन्द्रको मातातीर्थ फिडर अन्तर्गतका क्षेत्रहरूमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।सोअनुसार महादेवस्थान, इटाखेल, घुमाउने, गोदाम, मंगलदोय, नागढुंगा, चिसापानी, बसुन्डोल, इन्द्रथान, झांगाझिटी, कुखुरेचौर, महेशपथ लगायतका क्षेत्रहरूमा बिजुली काटिने बताइएको छ ।