यसवर्ष बालोन डि’ओर अवार्ड कसैलाई पनि नदिइने
खबर एक्सप्रेस
२०७७-०४-०५ ०७:०७ मा प्रकाशित
Total Shares: 412
काठमाडौं - विश्व उत्कृष्ट फुटबल खेलाडीलाई हरेक वर्ष दिँइदै आएको सर्वाधिक महत्वपूर्ण मानिने व्यक्तिगत अवार्ड बालोन डि’ओर यसवर्षको लागि स्थगित भएको छ ।
फ्रेन्च फुटबलले सोमबार कोरोनाले फूटबल क्षेत्रमा पुर्याएको अवरोधका कारण यसवर्ष कसैलाई पनि बालोन डि ओर नदिइने घोषणा गरेको हो ।
‘सन् १९५६ पछि पहिलो पहिलो पटक बालोन डि’ओरमा विश्राम लागेको छ। सन् २०२० मा अवार्ड आयोजना हुने छैन। अहिले अवार्ड गर्नका लागि धेरै कुराहरु मिलेको छैन’ फ्रान्स फुटबल म्यागेजिनका प्रधान सम्पादक पास्कल फेरेले भनेका छन्।
सन् २०१९ मा बार्सिलोनाका स्टार लियोनल मेस्सीले उक्त अवार्ड पाएका थिए ।
फेसबुक पेज Like गर्नुहोस