एजेन्सी - जापानी खेलाडी नाओमी ओसाकाले यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् ।

बेलारुसियन खेलाडी भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै ओसाकाले तेस्रो ग्रान्डस्लाम उपाधि जितेकी हुन् ।

आइतबार बिहान भएको खेलमा अजारेन्कालाई २-१ सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा गरिन् ।

पहिलो सेट ६-१ ले गुमाएपनि ओसाकाले त्यसपछि पुनरागमन गर्दै लगातार दुई सेट जितिन् । उनले ६-३ , ६-३ ले बाँकी सेट आफ्नो पक्षमा पार्दै ट्रफी उचालेकी हुन् ।

उनले सन् २०१८ को यूएस ओपन र सन् २०१९ को अष्ट्रेलियन ओपन टेनिस जितेकी थिईन् ।