रुकुम घटनाका मृतक ६ जनालाई सांस्कृतिक शहीद घोषणा गर्न माग
खबर एक्सप्रेस
२०७७-०३-०१ ०३:३५ मा प्रकाशित
Total Shares: 279
काठमाडौं - राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले रुकुम(पश्चिम) चौरजहारी नगरपालिका–८ मा यही जेठ १० गते भएको घटनाका मृतक ६ जनालाई सांस्कृतिक शहीद घोषणा गर्न माग गरेको छ ।
एक अध्ययन टोलीले गरेको स्थलगत अध्ययन प्रतिवेदन आज सार्वजनिक गर्दै सङ्घले घटनामा संलग्न व्यक्तिलाई हदैसम्मको कानूनी कारवाही गर्न सुझाव दिएको छ ।
सङ्घका उपाध्यक्ष गोपाल बराइली संयोजक रहेको अध्ययन टोलीमा अधिवक्ता बद्रीप्रसाद भुसाल तथा दलित अधिकारकर्मी गोपाल नेपाली, भीम घिमिरे र चिन्ता परियार छन् ।
फेसबुक पेज Like गर्नुहोस