काठमाडौं - एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । आइतवार राति भिया रियाललाई ३–१ गोल अन्तरले हराउँदै एट्लेटिको तेस्रो स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर एट्लेटिकोले जित निकालेको छ । खेलको १६औं मिनेटमा पाको अल्कासेरले गोल गर्दै भिया रियाललाई अग्रता दिलाए। तर, खेलको ४०औं मिनेटमा एन्जल कोरेयाले गोल गर्दै एट्लेटिकोलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ६४औं मिनेटमा कोकेले गोल गर्दा एट्लेटिको २–१ ले अघि रह्यो । त्यपछि खेलको ७४औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई ३–१ को जित दिलाए । जितसँगै एट्लेटिकोले २५ खेलबाट ४३ अंक जोडेको छ । ३८अंक जोडेको भिया लिगको सातौं स्थानमा छ ।