एजेन्सी - स्पेनिस क्लब बार्सिलोनाका खेलाडीको पारिश्रमिक ७० प्रतिशत कटौती हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण क्लबलाई पर्न गएको आर्थिक समस्या समाधानको प्रयास स्वरुप खेलाडीहरुको पारिश्रमिक कटौती गरिएको हो ।

पारिश्रमिक खेलाडीहरुको सहमतिमै कटौती हुन लागेको हो । क्लबका कप्तान लियोनल मेस्सीले निर्णय लिनका लागि केही ढिला भएको तर क्लबलाई सहयोग गर्ने उपायहरुको खोजी गर्न खेलाडीहरु पनि सक्रिय रहेको बताएका छन् ।

खेलाडीबाट कटौती भएको पारिश्रमिक बराबरको रकम क्लवका अन्य कर्मचारीलाई तलव प्रदान गर्न खर्च हुने बताइएको छ । यसअघि इटालीको युभेन्ट्स, जर्मनीका वायर्न म्युनिख र बोरुसिया डर्टमण्डका खेलाडी तलब कटौतीका लागि सहमत भएका थिए ।