जब नेयमारले रातो कार्ड पाए
खबर एक्सप्रेस
२०७६-११-१२ ११:०० मा प्रकाशित
Total Shares: 526
काठमाडौं - गएराति भएको फ्रेन्च लिग वानमा पिएसजीले सानदार कमव्याक गर्दै बोर्डेक्सलाई ४-३ गोलले पराजित गर्न सफल भएको छ ।
पिएसजीलाई जित दिलाउन इडिसन काभानी र काइलियन एमाबाप्पले एक एक गोल गरे भने खेलमा मारकुइनोस नायक बने ।
उनले दुई गोल गरे । त्यस्तै बोर्डेक्सका लागि वांग विइ जोले, पाब्लो कास्ट्रेो, रुबेन पाड्राले एकएक गोल गरे ।
खेलको अन्तिम समयमा पिएसजीका नेयमारले रातो कार्ड पाए । यो जितसँगै पिएसजीले २६ खेलमा ६५ अंक जोड्न सफल भएको । पिएसजी लिगको शिर्षस्थानमा रहेको छ । बोर्डेक्सको ३५ अंक रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस