सिटीले दुई सिजन खेल्न नपाउने
खबर एक्सप्रेस
२०७६-११-०३ ११:०० मा प्रकाशित
Total Shares: 389
काठमाडौं - म्यानचेस्टर सिटीमाथि युरोपियन फुटबलको प्रशासकीय निकाय यूईएफएले दुई सिजनमा प्रतिबन्ध लगाएको छ ।
क्लब इजाजत तथा आर्थिक पारदर्शिताको नियम उल्लंघनको आरोपमा युरोपियन फुटबलको प्रशासकीय निकाय यूईएफएले म्यानचेस्टर सिटीमाथि प्रतिबन्ध लगाएको हो ।
प्रिमियर लिगमा सिटीमाथि प्रतिबन्ध नगरिए पनि जरिवाना गरिएको छ । समाचार अनुसार, सिटीले प्रिमियर लिगमा सहभागिताका लागि ३० मिलियन युरो जरिवाना तिर्नुपर्ने छ ।
तर, यसविरुद्ध सिटीले खेल अदालतमा पुनरावेदन गर्न सक्ने छ । म्यानचेस्टर सिटीले प्रतिबन्धको निर्णयलगत्तै प्रतिक्रिया दिँदै भनेको छ– निराश भएका छौं तर आश्चर्यमा परेका छैनौं । प्रतिबन्ध विरुद्धमा सिटि अदालत जाने भएको छ ।
फेसबुक पेज Like गर्नुहोस