काठमाडौं - युइएफए नेशन्स लिगमा इटलीले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । गएराति भएको समूह ए अन्तर्गतको खेलमा इटलीले नेदरल्याण्ड्सलाई १-० ले पराजित गरेको हो ।

इटलीको जितमा निकोलो बरेलाले निर्णायक गोल गरे । बरेलाले पहिलो हाफको इन्जुरी टाइममा सिरो इम्मोबाइलको पासमा गोल गरेका हुन् ।

पहिलो खेलमा बोस्नियासँग बराबरी खेलेको इटलीले पहिलो जितपछि २ खेलबाट ४ अंक जोडेको छ र अंक तालिकामा शीर्ष स्थानमा छ ।

यस्तै, गएराति नै भएको खेलमा नर्वेले समूह ई अन्तर्गतको खेलमा उत्तरी आयरल्याण्डलाई ५-१ ले पराजित गरेको छ । एर्लिन हालान्डको दुई गोल मद्दतमा नर्वेले पहिलो जित हात पारेको छ ।