काठमाडौं - गएराति भएको एफए कपमा म्यान्चेष्टर सिटीले ईङ्ल्याण्डको चौथो डिभिजनको क्लब पोर्ट भेललाई ४–१ गोलले पराजित गरेको छ ।

म्यानसिटीका लागि अलेक्सान्डर जिन्चोन्कोले २० औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको ३५ औ मिनेटमा टोम पोपीले बराबरी गोल फर्काए ।

म्यानसिटीका लागि सर्जियो अग्युरोले ४२ औ मिनेटमा गोल गरे ।

खेलको ५८ औँ मिनेटमा टेलर हारवुडले सिटीका लागि गोल गरे । फोडिनले ७६ औ मिनेटमा गोल गरे । यो जितसँगै म्यानसिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।