सुनको मूल्य एकैदिन १ हजारले बढ्यो
खबर एक्सप्रेस
२०७७-०३-०१ ११:३४ मा प्रकाशित
Total Shares: 395
काठमाडौं - आज बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहिबार प्रतितोला ८८ हजार ६ सयमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहिबार प्रतितोलामा १ हजाररुपैयाँले बढेर ८९ हजार ६ सयमा कारोबार भैरहेको छ । यस्तै, बुधबार तेजाबी सुन प्रतितोला ८९ हजार १ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर ९ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस