काठमाडौं - प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकसँग छलफल गर्ने भएको छ ।

शुक्रबार दिउँसो साढे १२ बजे समिति हल सिंहदरबारमा बस्ने बैठकमा छलफलका लागि गृहमन्त्रीलाई बोलाइएको हो ।

बिहीबार बसेको समितिको बैठकले शुक्रबार बस्ने बैठकमा गृहमन्त्री लेखकलाई राष्ट्रिय परिचयपत्रको विषयमा छलफल गर्न बोलाउने निर्णय गरेको थियो ।

राष्ट्रिय परिचयपत्रको नाममा जनताले पाएको सास्तीका विषयमा केन्द्रित रहेर गृहमन्त्रीसँग छलफल हुनेछ ।