नेप्से २१ अङ्कले बढ्यो
काठमाडौं - शेयर बजार परिसूचक नेप्से २१ अङ्कले बढेको छ । नेप्से बुधबार २१ दशमलव एक अङ्कले बढेर १४ सय ६२ दशमलव शून्य तीन अङ्कमा पुगेको हो ।
जीवन बीमा र व्यापार समूह बाहेक अरु सबैजसो समूहको शेयर बुधबार बढेको छ । निर्जीवन बीमा समूहको शेयर ५१ अङ्कले, माइक्रोफाइनान्सको ४१, विकास बैंकको २५, बैंकको २० र अन्य समूहको शेयर १७ अङ्कले बढेको छ ।
बुधबार दुई अर्ब ६५ करोड ६१ लाख बराबरका ५८ लाख ८२ हजार कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको ३४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
नेपाल फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै साढे सात प्रतिशत कमाएका छन् । तर समग्र बजार बढे पनि समृद्धि फाइनान्सका शेयरधनीले भने झण्डै १० प्रतिशत गुमाएका छन् ।
फेसबुक पेज Like गर्नुहोस