रौतहट - चिकित्सा शिक्षा विधेयकमा भएका गल्तीहरुलाई सच्याउनुपर्छ भन्ने माग राख्दै आएका डा. गाविन्द के.सी. हाल बाढी पीडितको स्वास्थ्य जाँच गर्न खटिएका छन् ।

रौतहटको बन्जराह आसपासमा क्षेत्रमा उने स्वास्थ्य परीक्षण गरिरहेका छन् । बाढी र पहिरोका कारणले मानिसमा विभिन्न संक्रमण, रोग र महामारी फैलनसक्ने भन्दै उनले सो अभियान थालेको बताएका छन् ।

सामाजिक कार्यमा अग्रणी डा. के.सी. ०७२ सालको भुकम्म पछि पनि घाइतेको उपचारार्थ तत्काल आबद्ध भएका थिए ।