कालिकोट दुर्घटना अपडेट : २ को मृत्यु, ६ बेपत्ता, ४ घाइते, २७ सकुशल
सुर्खेत - कालिकोटको रास्कोटतर्फ जाँदै गरेको टिपर कर्णाली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ। कर्णाली प्रदेशका आन्तरिक मामिलामन्त्री नरेश भण्डारीलाई प्रहरीले दिएको जानकारी अनुसार ४ जना घाइते भएका छन् जसमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ।
जम्मा ३९ जना गएकोमा १७ जना दुर्घटनाअघि नै टिपरबाट झरेको र १० जनाको उद्दार गरिएको मन्त्री भण्डारीले जानकारी दिए। उनका अनुसार ६ जना बेपत्ता भएका छन्।
यसैबीच, घाइतेहरुको उद्दारको लागि हेलिकप्टर पठाउने तयारी गरिएको छ। मन्त्री भण्डारीले घाइतेहरुको उद्दारका लागि हेलिकप्टर पठाउन लागिएको जानकारी दिए।
रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले अहिलेसम्म २ जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिए।
भारतबाट फर्किएका रास्कोट नगरपालिकाका नागरिक बोकेको ना८ख ५१३३ नम्बरको टिपर बुधबार बिहान कर्णालीमा खसेको हो।
फेसबुक पेज Like गर्नुहोस