नादेझ्दा कप: उपाधिको लागि नेपालले उज्वेकिस्तानको सामना गर्दै
काठमाडौं - किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (बिहिबार) नेपालले उज्वेकिस्तानको सामना गर्दैछ ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुने नेपाल र उज्वेकिस्तानको फाइनल खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ ।
नेपाल पहिलो पटक प्रतियोगितामा सहभागी भएर फाईनल सम्मको यात्रा तय गरेको हो ।जारि प्रतियोगितामा नेपाल समूह चरणमा २ जित र १ हारसँगै फाइनल प्रवेश गरेको हो । नेपालले पहिलो खेलमा आयोजक टोलीलाई ८-२ ले पराजित गर्दा दोस्रो खेलमा उज्बेकिस्तानसँग २-० को हार बेहोरेको थियो ।
अन्तिम खेलमा ताजिकिस्तानलाई १-० ले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको थियो । प्रतियोगिताको उपाधि दाबेदार उज्बेकिस्तानलाई हराउन नेपाललाई निकै कठिन हुनेछ तर समूह चरणको हारको बदला लिँदै नेपाल अन्तराष्ट्रिय भुमीमा ईतिहास रच्ने दाउमा छ ।
प्रतियोगिताकै बलियो मानिएको उज्बेकिस्तान फिफा वरियतामा पनि निकै अगाडी रहेको छ । फिफा बरियतमा नेपाल १ सय १ औँ र उज्वेकिस्तान ४४ औ स्थानमा रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस