काठमाडौं - इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छोडेर एण्डर हेरेरा फ्रेन्च क्लब पिएसजीमा अनुबन्ध भएका छन् । यसअघि नै क्लब छोड्ने मनस्थितिमा पुगेका उनले पिएसजीसँग ३ वर्षको सम्झौता गरेका हुन् । 

सन् २०१४ मा म्यानुमा आएका उनले पर्याप्त समय खेल्न नपाएपछि उनले क्लब छोड्ने निर्णय लिएका थिए । २९ वर्षीय हेरेराले पीएसजीबाट हप्ताको ३ लाख ५० हजार पाउण्ड  पारिश्रमिक पाउनेछन् ।