काठमाडौं - साविक विजेता युभेन्ट्स इटालियन सिरी 'ए' फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा ब्रेसियालाई २-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स शीर्ष स्थानमा उक्लिएको हो ।

खेलको ३९ औं मिनेटमा पाउल डिबलाले गोल गर्दै युभेन्ट्सलाई १-० को अग्रत दिलाए । त्यसपछि खेलको ७५ औं मिनेटमा जुवान काउड्राडोले गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए ।

जितसँगै युभेन्ट्सले २४ खेलबाट ५७ अंक जोडेको छ । र, युभेन्ट्सले एक खेल कम खेलेको इन्टर मिलानलाई ३ अंकले पछि पारेको छ ।