युभेन्ट्समाथि एसी मिलानको पुनरागमन जित
एजेन्सी - इटालियन सिरी एमा लिग लिडर युभेन्ट्सले एसी मिलानसंग हार ब्यहोरेको छ । गएराति भएको खेलमा अग्रता जोगाउन नसक्दा युभेन्ट्सले एसी मिलानसंग ४–२ गोल अन्तरले हार ब्यहोरेको हो ।
पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफको दोस्रो मिनेटकै एड्रियन रोबोटले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । त्यसपछि ५३ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले अग्रता दोब्बर बनाए । सन् १९६१ पछि रोनाल्डो सिरि ए मा २५ गोल गर्ने पहिलो खेलाडी बने ।
दुई गोलले अगाडी रहेको युभेन्ट्सलाई त्यसपछिको समय सहज रहेन । ६२ औं मिनेटमा ईब्राहिमोभिचले पेनाल्टीमा घरेलु टोलीलाई खेलमा फर्काउने कोशिस गरे । ६६ औँ र ६७ औँ मिनेटमा फ्रेन्क किसी र राफेल लिओले गोल गर्दै एसी मिलानलाई ३–२ ले स्थितिमा पुर्याए । खेल सकिन १० मिनेट बाँकी रहदाँ एन्टी रेबिकले गोल गर्दै टोलीलाई शानदार पुनरागमन जित दिलाए ।
पराजित भएसंगै युभेन्ट्सले लिगमा स्पष्ट १० अंकको अग्रता लिने अवसर गुमाएको छ । मिलान क्लब ४९ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।
फेसबुक पेज Like गर्नुहोस