रवि लामिछानेको रिहाई माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन
खबर एक्सप्रेस
२०८१-०८-११ ०१:१६ मा प्रकाशित
Total Shares: 31
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै रास्वपाका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।
माइतीघरमा भेला भएका रास्वपाका नेता कार्यकर्ताले रविको रिहाई माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
नेता कार्यकर्ताले ‘राजनीतिक प्रतिशोध बन्द गर, रवि दाइलाई रिहा गर’ लगायतका माग राखेर माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस