पीएसजीले बनायो १२ अंकको अग्रता
खबर एक्सप्रेस
२०७६-१०-२७ ११:०० मा प्रकाशित
Total Shares: 364
काठमाडौं - लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फराकिलो जित निकालेको छ । १२ अंकको अग्रता लिएको छ ।
आईतबार राति भएको खेलमा पीएसजीले लियोनलाई ४–२ गोल अन्तरले पराजित गर्दै लिगमा १२ अंकको अग्रतम लिएको हो ।
पीएसजीको जितमा एन्जल डी मारिया, केलियन एम्बाप्पे र ईडिन्सन काभानीले समान एक एक गोल गरे । फर्नान्डो मार्कलको एक आत्मघाति गोल पीएसजीले उपहार पाएको थियो ।
लियोनका मार्टिन टेरियर र मौसा डेम्बेलेले समान एक–एक गोल फर्काएका थिए । जितसंगै पीएसजीले लिगमा १२ अंकको अग्रता लिएको छ ।
उसले २४ खेलबाट ६१ अंक जोडेको छ । लियोन ३३ अंक सहित तालिकाको नवौं स्थानमा छ ।
फेसबुक पेज Like गर्नुहोस