एट्लेटिको मड्रिडले खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने
खबर एक्सप्रेस
२०७६-१२-२१ ११:४१ मा प्रकाशित
Total Shares: 533
एजेन्सी - स्पेनिस क्लब एट्लेटिको मड्रिडले आफ्ना खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने भएको छ ।
एट्लेटिकोले ४ सय ३० कर्मचारीको तलब ७० प्रतिशत कटौती गर्न लागेको हो ।
एक विज्ञप्ती जारी गर्दै एट्लेटकोले विज्ञप्ति जारी गर्दै क्लबको अन्य स्टाफलाई सहयोग गर्न एट्लेटिकोको पुरूष र महिला सिनियर टिमसँगै एट्लेटिको बी टिम तथा प्रशिक्षक तलब कटौती गर्ने सहमत भएको जनाएको छ ।
यसका लागि क्लबको फस्ट टिमले आवश्यक रकमको आधा रकम सहयोग गर्ने र क्लब व्यवस्थापनमा रहेका सदस्य, सीईओ र अन्य निर्देशकहरूले आधा रकम बराबरको योगदान गर्ने क्लबले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस