एजेन्सी - स्पेनी ला लिगामा बार्सिलोना शनिबार राति बराबरीमा रोकिको छ । रियल सोसिडाडले बार्सिलोनासँग २–२ को बराबरी खेलेको हो । बार्सिलोना २–१ ले अगाडि रहेको स्थितिमा सोडिडाडका लागि एलेक्जान्डर इसाकले गोल गरे ।

यो नतिजापछि बार्सिलोना ३५ अंकमा शीर्ष स्थानमा उक्लेको छ, तर त्यसमा पकड भने गुमाएको छ । अब रियल म्याड्रिडले आइतबार रातिको खेलमा जित निकालेर बार्सिलोनालाई उछिन्न सक्ने छ ।

बार्सिलोनाको ३५ अंक भएको छ भने रियल एक अंकको दूरीमा छ । एटलेटिको म्याड्रिडले अर्को खेलमा ओसासुनालाई २–० ले हरायो र २९ अंकमा चौथो स्थानमा रह्यो ।