विरानगरमा पनि सरकारविरुद्ध प्रदर्शन
विराटनगर - विराटनगरमा पनि सरकारविरुद्ध प्रदर्शन भएको छ । लकडाउनको ८० औं दिन केही खुकुलो भएपछि विराटनगरका युवाहरु सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचार व्यवस्थित रुपले गर्न नसकेको भन्दै विरोध प्रदर्शनमा उत्रेका हुन् ।
विराटनगरमा प्रदर्शन गरेका युवाहरुले सरकारले कोरोना नियन्त्रणको लागि १० अर्ब खर्च भएको जानकारी दिएपछि उक्त खर्चको हिसाव मागेका छन् ।
प्रदर्शनमा बिभिन्न संगठन र समाजिक संस्थामा आवद्ध युवाहरुले प्लेकार्डमा लेखिएका नारासहित कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले खर्च गरेको दश अर्ब रुपैयाँको पारदर्शी विवरण सार्वजनिक गर्नु पर्ने माग गरेका हुन् ।
साथै युवाहरुले सरकारले कोरोना संक्रमण रोक्न चालेको कदम प्रभावकारी बन्न नसकेको ठहर गरेका छन् ।
बिहीबार विराटगरको घोघापुल चोकबाट निस्किएको युवाहरुको र्याली मार्च पास गर्दै रोडशेषचोक स्थित मुख्यमन्त्री कार्यालयमा पुगेर २० मिनेट धर्नामा बसेको थियो । त्यसपछि पुन मार्चपास गर्दै युवाहरुको महानगरपालिका अगाडी पुगेर सडकमा धर्ना दिएका थिए ।
स्वतस्फूर्त रूपममा सडकमा निस्किएका युवाहरूले आरडिटी परीक्षण पनि बन्द गर्न माग गरेका छन् ।तीन तहकै सरकारले काम गर्न नसकेका कारण नागरिकले दुःख पाएको शान्तिपूर्ण प्रदर्शनमा सहभागी युवाहरूले बताएका छन् ।
फेसबुक पेज Like गर्नुहोस