एजेन्सी - रियल मड्रिडका गोलकिपर केलर नाभास फ्रान्सेली क्लब पीएसजी जाने लगभग पक्का भएको छ । सन् २०१४ मा लेभान्टेबाट रियल आएका कोष्टारिकाका गोलकिपर नाभासलाई रियलले पहिलो रोजाइमा नराखेपछि उनी विकल्पको खोजीमा लागेका हुन् । 

रियलका प्रशिक्षक जिनेदिन जिदानले पहिलो रोजाइको गोलकिपरमा बेल्जियमका थियावउट कोर्तुवालाई राखेपछि उनी रियलमा खुसी थिएन् । उता पीएसजीका प्रशिक्षक थोमास टुचेल भने राम्रो अनुभवी गोलकिपरको खोजीमा रहेको कारणले गर्दा सम्झौता केही दिनमै पूरा हुने समाचारहरुमा जनाइएको छ । 

केलरको लागि रियलले २० मिलियन युरोको माग गरेको छ ।