नेपाल प्रिमियर लिग: जित्नैपर्ने खेलमा दबाबमा कर्णाली याक्स
खबर एक्सप्रेस
२०८१-०९-०१ १०:१८ मा प्रकाशित
Total Shares: 35
काठमाडौं - नेपाल प्रिमियर लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा कर्णाली याक्सले ११ ओभरमा ४ विकेट गुमाउँदै ५१ रन बनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सविरुद्ध पावरप्लेमा कर्णालीले ३ विकेट गुमाउँदै ३५ रन बनाएको थियो ।
जित्नैपर्ने खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली संर्घष गरिरहेको छ । कर्णाली याक्सका रित गौतम, ओपनर बाबर हायात, देव खनाल र चाड्विक वाल्टन आउट भइसकेका छन् ।
सुदूरका लागि हर्मप्रित सिंह, सैफ जैब र स्कट केग्गेलिनले समान १/१ विकेट लिए । आजको खेलले प्लेअफमा पुग्ने चौथो टोलीको टुंगो लाग्नेछ । प्लेअफ पुग्नका लागि कर्णालीले आजको खेल जित्नैपर्छ।
फेसबुक पेज Like गर्नुहोस