छविराज ओझाले घरेलु हिंसा गरेको शिल्पाको आरोप, उजुरी
खबर एक्सप्रेस
२०७६-०३-२५ ११:०० मा प्रकाशित
Total Shares: 908
काठमाडौं - चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच विवाद सुरु भएको छ ।
आफूमाथि घरेलु हिंसा भएको भन्दै शिल्पाले छविविरुद्ध प्रहरीमा उजुरी दिएको खुलासा भएको छ ।
शिल्पाले काठमाडौं प्रहरी परिसरमा तीन दिन अगाडि घरेलु हिंसा गरेको उजुरी दिएको प्रहरीले जनाएको छ । उनीहरुको सम्बन्ध अब धेरै नटिक्ने चलचित्र उद्योगमा आवद्ध भएकाहरुको दाबी छ । कतिसम्म भने शिल्पाले त यसअघि नै छविसँग डिभोर्स मागेकी थिईन् ।
फेसबुक पेज Like गर्नुहोस