बालुवाटारमा रहेको सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी
खबर एक्सप्रेस
२०७६-०४-२२ ११:०० मा प्रकाशित
Total Shares: 795
काठमाडौं - बालुवाटारमा रहेको स्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी भएको छ । अहिले आगो निभाउने प्रयास भइरहेको छ ।
इन्टरनेट र केवल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको बताइएको छ ।
जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान छ । आगो निभाउन, काठमाडौँ र ललितपुरसहितका दमकल पुग्दैछन्। आगो मध्यान्ह १२ बजेर ४० मिनेटदेखि सुरु भएको हो ।
आगो निभाउन, काठमाडौँ र ललितपुरसहितका दमकल पुग्दैछन्। आगो मध्यान्ह १२ बजेर ४० मिनेटदेखि सुरु भएको हो । पानी दमकलले आगो निभाउने अवस्था नदेखिएपछि त्रिभुवन विमानस्थलको फोमवाला दमकल मगाइएको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस