एजेन्सी - फ्रान्स तथा पेरिस सेन्ट जर्मेन ९पिएसजी० का सुपरस्टार केलियन एमबाप्पेलाई गरिएको कोरोना भाइरस परीक्षण नेगेटिभ आएको छ । २१ वर्षीय एम्बाप्पेको स्वास्थ्यमा समसया देखिएपछि कोरोनाको आशंका गरिएको थियो ।

उनको घाँटीमा समस्या देखिएपछि पिएसजी र एम्बाप्पे स्वयम् पनि चिन्तामा थिए । बोरुसिया डर्टमन्डविरुद्ध हुने च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको दोस्रो लेगअघि आफ्नो स्टार खेलाडीमा स्वास्थ्य समस्या देखिएपछि पिएसजी चिन्तित बनेको थियो ।

स्मरणीय छ, कोरोना संक्रमणको प्रकोपका कारण विश्वका धेरै खेलकूद प्रतियोगिताहरु प्रभावित भइरहेका छन् ।पिएसजीका प्रशिक्षक थोमस टुचेलले मंगलबार भनेका थिए, ‘एमबाप्पे विरामी छन् । उनी हिजो र आज उनलाई सन्चो थिएन । साँझ सामान्य अभ्यास गरे, पछिल्लो दुई दिन उनले अभ्यास गरेनन् । भोली ९बुधबार० बिहान सम्म हेछौं र त्यसपछि मात्र उनले खेल्न नखेल्ने तय हुनेछ ।’