रवि लामिछानेविरुद्ध काठमाडौं प्रहरीमा पनि जाहेरी
खबर एक्सप्रेस
२०७६-०५-०१ ११:०० मा प्रकाशित
Total Shares: 435
काठमाडौं - पत्रकार शालिकराम पुडासैनीकी पत्नीले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जना विरुद्ध काठमाडौं प्रहरीमा जाहेरी दिएकी छन् ।
आइतबार आत्महत्या गरेका पत्रकार पुडासैनीकी पत्नीले तीनै जनालाई हदैसम्मको कार्बाही माग गर्दै जोही दिएकी हुन् ।
काठमाडौं प्रहरीले जाहेरी रुजु गरेर प्रहरी कार्यालय चितवन पठाउने भएको छ । १३ दिने काजकिरिया सकेपछि जाहेरी दिन पुडासैनीकी पत्नी प्रहरी कार्यालय पुगेकी थिइन् ।
अहिले पक्राउ परेका तीनै जनाविरुद्ध अहिले चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस