पत्रकार पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछाने पक्राउ
खबर एक्सप्रेस
२०७६-०४-३० ११:०० मा प्रकाशित
Total Shares: 795
काठमाडौं - प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई पक्राउ गरेको छ । बिहीबार दिउँसो शालिकराम पुडासैनी आत्महत्याकाण्डमा अस्मिता कार्की पक्राउ परेलगत्तै रवि पनि पक्राउ परेका हुन्।
उनीसँगै अर्का पत्रकार युवराज कँडेल पनि पक्राउ परेका छन्। दुवैजनालाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले लामिछाने र कँडेललाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शैलेश थापाले बताए। दुवैजनालाई अनुसन्धान अघि बढाउन चितवन लगिएको छ।
फेसबुक पेज Like गर्नुहोस