युभेन्टसकाे जितमा रोनाल्डोको दुई गोल
खबर एक्सप्रेस
२०७६-१०-२० ११:०० मा प्रकाशित
Total Shares: 600
काठमाडौं - युभेन्ट्सले इटालियन लिग सिरी 'ए'' फुटबलमा सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई ३-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । म्याथिस डी लिग्टले एक गोल गरे ।
खेलको ४० औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । ८० औं मिनेटमा रोनाल्डोले पुनस् पेनाल्टीमा दोस्रो गोल गर्दा युभेन्ट्स २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ९० औं मिनेटमा डी लिग्टले गोल गर्दै युभेन्ट्सलाई ३-० को जित दिलाए ।रोनाल्डो यो दुई गोलसँगै समग्रमा युभेन्टसबाट ५० गोल गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस