काठमाडौं - सुनको मूल्य ५ सय रुपैयाँ घटेर आइतवार ७१ हजार रुपैयाँमा कारोबार भइरहको छ ।

छापावाल सुन तोलाको ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।शुक्रवार छापावाल सुन तोलामा ७१ हजार ५०० रुपैयाँमा कारोबार भएको भएको थियो, आइतबार घटेर ७१ हजारमा कारोबार भएको हो । 

तेजावी सुन तोलाको ७० हजार ७०० मा कारोबार भइरहेको छ । चाँदी भने तोलामा रु ८३० मा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलामा ८४० मा कारोबार भएको थियो ।