काठमाडौं - रुपन्देहीमा पनि आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी रहेको छ ।

रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा सरकारी वकिलको कार्यालयले उनीहरुमाथि मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।

लामिछानेसहितका थप प्रतिवादीविरुद्ध पूरक अभियोग आज अदालत लैजाने तयारी गरिएको छ । बिहीबार थप अभियोग लगिएकाले अरुको हकमा आज पूरक अभियोग लैजाने सरकारी वकिल कार्यालयको तयारी छ ।

रवि लामिछाने र छविलाल जोशीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा अभियोग दर्ता गर्ने सरकारी वकिलको तयारी छ।