काठमाडौं - ईङ्लिस प्रिमियर लिगमा म्यान्चेष्टर युनाईटेडले चेल्सीलाई हराएको छ ।

सोमबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा युनाईटेडले घरेलु टोली चेल्सीलाई २–० गोल अन्तरले हराएको हो ।

युनाईटेडको जितमा एन्थोनी मार्टियल र ह्यारी मागुईरीले गोल गरे । पहिलो हाफकाे अन्तिम मिनेटमा मार्टियलले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६६ औ मिनेटमा ब्रुनो फर्नान्डेसको कर्नरमा मागुईरेले हेडमार्फत युनाईटेडको अग्रतालाई दोब्बर बनाए । शीर्ष चारको दौडमा महत्वपूर्ण मानिएको खेलमा युनाईटेडले चेल्सीलाई हराउँन सफल भएको छ । युनाईटेडले चौथो स्थानको चेल्सीसंगको दुरी तीन अंकमा झारेको छ । चौथो स्थानको चेल्सीको ४१ अंक छ । युनाईटेड ३८ अंक सहित सातौ स्थानमा छ ।