एजेन्सी - स्पेनी क्लब बार्सिलोना र रियाल मड्रिड कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमा हार्न पुगेका छन् । बिहीवार राति भएको खेलमा बार्सिलोना एथ्लिेटिक बिल्बाओसँग र रियाल मड्रिड रियाल सोसिडाडसँग हारेका हुन्

बार्सिलोना एथ्लिेटिक बिल्बाओसँग १–० ले पराजित भयो । बार्सिलोना लगातार सात पटक कोपा डेल रे फुटबलको फाईनल पुग्ने सपना क्वार्टरफाईनलमै सिमित बन्यो ।

खेलको अतिरिक्त समयमा सर्जियो बुस्केटको आत्मघाती गोल बार्सिलोनालाई प्रतियोगिताबाट घर फर्काउन पर्याप्त बन्यो । अर्को खेलमा रियाल मड्रिड भने रियाल सोसिडाडसँग ४–३ गोल अन्तरले पराजित भयो । सोसिडाडका मार्टिन ओडिगार्डले माउ क्लबबिरुद्व गोल गर्दै रियाल मड्रिडलाई क्वार्टरफाईनलबाटै घर फर्काए ।

दुई बर्षको लोनमा रहेका नर्वेजियन मिडफिल्डरको पहिलो गोल गर्दै सोसिडाडलाई अग्रता दिलाए ।, अलेक्जेण्डर ईसाकले सोसिडाडको अग्रता दोब्बर बनाउने काम गरे । दुई मिनेपछि अर्को गोल थप्दै ईसाकले सोसिडाडलाई ३–० को स्थितिमा ल्याए ।

मार्सेलो र रोड्रिग्वोले मड्रिड क्लबका लागि गोल गर्दै पुनरागमनको आश देखाए । मिकेल मोरिनोले सोसिडाडको तर्फबाट एक गोल थपेका थिए । खेलको अन्तिममा नाचोले गोल गर्दै रियालको हार अन्तर घटाउने काम गरे ।

जिनेदिन जिदानको टोली ला लिगाको शीर्ष स्थानमा छ । मड्रिड क्लबले २२ खेलमा १३ गोल मात्र ब्यहोरेको छ । र कोपा डेल रेको क्वार्टरफाईनलमा मड्रिड क्लबले ४ गोल व्यहोर्न पुग्यो । मड्रिड २१ खेलमा अपराजित थियो ।सन् २०१० पछि पहिलो पटक कोपा डेल रेको फाईनल बार्सिलोना र रियाल मड्रिडबाहेकको हुने भएको छ ।