एजेन्सी - इंग्लिस प्रिमियर लिगमा लिभरपुलको शीर्ष स्थानको अग्रताले शनिबार राति १० अंक छोएको छ । दोस्रो स्थानमा रहेको लेस्टर सिटी नरविचको हातबाट घरमा १–१ को बराबरीमा रोकिएपछि लिभरपुललाई फाइदा भएको हो ।

नरविचले टिमु पुकीको गोलले अग्रता लिएयता लेस्टरले लेस्टरलाई आत्मघाती गोलको उपहार दिएको थियो । यसअघि लिभरपुलले वाटफोर्डलाई २–० ले हराएको थियो ।

लिभरपुलको १७ खेलबाट ४९ अंक भएको छ । यस्तै अर्को खेलमा चेल्सी घरमै बर्नमाउथसँग १–० ले पराजित रह्यो । चौथो स्थानमा रहेको चेल्सीको २९ अंक छ ।