पाँच स्थान उक्लँदै फिफा वरियतामा नेपाल १६१ औं स्थानमा
खबर एक्सप्रेस
२०७६-०६-०२ ११:०० मा प्रकाशित
Total Shares: 842
काठमाडौं - नेपालले विश्व फुटबलको सर्वोच्च संस्था फिफाको वरियतामा फड्को मारेको छ । आज प्रकाशित भएको विश्व वरियतामा पुरुषतर्फ नेपाल १६१ औं स्थानमा रहेको छ । यसअघि नेपाल १६६ औं स्थानमा थियो ।
नेपालले फुटबल विश्वकप छनोटमा ताइवानमाथि जीत हासिल गरेको थियो भने उमेर समूहमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
नेपाली फुटबल विगतमा खस्किएको गुनासो भइरहँदा फिफा वरियतामा भने निकै सुधार भएको छ । फिफा वरियतामा बेल्जिम पहिलो स्थानमा छ ।
फेसबुक पेज Like गर्नुहोस