काठमाडौं - स्पेनिस ला लिगा शनिबारदेखि सुरु भएको छ। शनिबार तीन खेल भएका छन्। जसमा ग्रानडा र ओसासुनाले विजयी सुरूवात गरेका छन्। ग्रानडाले एथ्लेटिक बिल्बाओलाई २-० गोलले पराजित गर्‍यो।

अर्को खेलमा ओसासुनाले काडिजलाई २-० ले हरायो। एइबार र सेल्टा भिगोले भने गोलरहित बराबरी खेलेका छन्। लिगमा आइतबार बार्सिलोनाको खेल स्थगित भएको छ। बार्सिलोनाले पहिलो खेल इल्चेसँग खेल्ने तय थियो।

यस्तै आइतबार आफ्नो पहिलो खेल खेल्न लागेको रियल म्याड्रिडको पनि खेल स्थगित गरिएको छ। रियल म्याड्रिडले आइतबार गेटाफेसँग खेल्ने तय थियो। यता एट्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमोन्सलाई कोरोना भाइरसको संक्रमण भएको छ।

संक्रमण भएसँगै उनी सेल्फ आइसोलेसनमा बसेका छन् भने एट्लेटिकोको मैत्रीपूर्ण खेल प्रभावित भएको छ।