सर्वोच्च अदालतको बोर्डमा कालो रंग छ्याप्ने विनु यादव पक्राउ
काठमाडौं - सर्वोच्च अदालतको बोर्डमा कालो रंग छ्याप्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
सर्वोच्च अदालतको बोर्डमा कालो रंग छ्यापेर विरोध प्रदर्शन गर्ने विनु यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
कालो साडी लगाएर इन्ड्राइभमा एक्लै आएकी बिनुले प्रहरीको आँखा छल्दै एउटा बोतलमा ल्याएको कालो रंग सर्वोच्चको बोर्डमा फालेकी थिइन् ।
यादवले आफू घरेलु हिंसा पीडित भएको बताउँदै आएकी छन् । यादवसँग विवाह गरेका रामेछापका एक युवकले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएका थिए ।
अदालतले सम्बन्ध बिच्छेदको फैसला सुनाएपछि उनले अदालत परिसरमै विष सेवन समेत गरेकी थिइन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले पछि बोर्डमा लागेको रंग पानीले सफा गरेको छ।
फेसबुक पेज Like गर्नुहोस