माल्दिभ्सलाई पराजित गर्दै नेपाल फाइनलमा
काठमाडौं - नेपाल राष्ट्रिय यू(२३ फुटबल टोली १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार माल्दिभ्सलाई २(१ ले पराजित गर्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
खेलको १८औं मिनेटमा माल्दिभ्सका लागि इब्राहिम हुसेनले गोल गरेर टोलीलाई शुरुवाती अग्रता दिलाए । खेलको ४३औं मिनेटमा नेपालले बराबरी गोल गर्न सक्यो । अभिषेक रिजालले पेनाल्टी क्षेत्रको ठिक बाहिर बललाई उत्कृष्ट नियन्त्रणमा लिँदै गरेको हाफ भली प्रहार गोलमा परिणत गरेका हुन् ।
मध्यान्तरअघि बराबरीको अवस्थामा रहेको दोस्रो हाफ सुरु हुनासाथ खेलको ५२औं मिनेटमा पुनः नेपालले अग्रता लियो । सुनिल बलको कर्नरमा अनन्त तामाङको लो हेडरलाई माल्दिभ्सका गोलरक्षकले बचाउन सकेनन् ।
लगत्तै माल्दिभ्सका इब्राहिमले पेनाल्टी क्षेत्रको बाँया भागबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।आजको जितसँगै नेपाल ३ खेलमा ७ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा रहेको छ । उता माल्दिभ्स ४ खेलमा २ अंक जोड्दै पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ । अब फाइनल पुग्न नेपालले अन्य नतिजाको प्रतिक्षा गर्नुपर्ने हुन्छ ।
फेसबुक पेज Like गर्नुहोस