काठमाडौं– बैंक तथा वित्तीय संस्थाले लगानी गरेको मध्ये ६८ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋण कालोसूचीमा परेको छ । 

तोकिएको समयमा ऋणीले नतिरेपछि सो ऋण कालोसूचीमा परेको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बैंक तथा वित्तीय संस्थाको कर्जाको गुणस्तरमा शंका व्यक्त गरिरहेको समयमा खराब ऋणी बढेको तथ्यांक बाहिर आएको हो । 

 कान्तिपुर दैनिकबाट