काठमाडौं - नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको । शुक्रबार सुन तोलामा २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन बिहीबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको हो। सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ।

आज प्रतितोला चाँदी १९८० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १९५० रुपैयाँमा खरिबिक्री भयो। अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा परेको हो।