काठमाडौं - आईसीसी टी–२० विश्वकपमा अष्ट्रेलियाले लगातार तेस्रो जित निकालेको छ । आज बिहान वेष्टइन्डिजको नर्थ साउण्डमा भएको खेलमा अष्ट्रेलियाले नामिबियालाई ९ विकेटले हराएको हो ।

नामिबियाले दिएको ७३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ५.४ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्‍यो ।

अष्ट्रेलियाका डेभिड वार्नरले ८ बलमा २० रन बनाएर आउट भए भने ट्रभिस हेडले १७ बलमा ३४ रन र मिचेल मार्स ९ बलमा १८ रनका अविजित हुँदै जित दिलाए ।

नामिबियाका डेभिड विसले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नामिबिया १७ ओभरबमा अलआउट हुँदै ७२ रन बनाएको थियो ।

नामिबियाका जेराल्ड इरास्मसले ३६ र माइकल भान लङ्गेनले १० रन बनाउनुबाहेक अरु कसैले दोहोरो अंक जोड्न सकेनन् ।

नामिबियालाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका बलर एडम जाम्पा एक्लैले ४, जोश हेजलवुड र मर्कस स्टोनिसले दुईरदुई तथा प्याट किमिन्स र नाथन एसिसले एकरएक विकेट लिए । यो जितसँगै अष्ट्रेलिया टी-२० विश्वकप क्रिकेटको सुपर–एट पुग्ने पहिलो टिम भएको छ । अस्ट्रेलियाको तीन खेलबाट ६ अंक भएको छ । नामिबिया भने दुई अंकमै सीमित रह्यो ।