गृहमन्त्री लेखकको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन
काठमाडौं-‘नो केबलकार समूह’ ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।
काठमाडौंको माइतीघर मण्डलामा ‘नो केबलकार समूह’ ले गृहमन्त्री लेखकको राजीनामा माग्दै पर्दशन गरेको हो ।
विभिन्न प्लेकार्डसहित ताप्लेजुङको पाथीभरा मुक्कुम्लुङ क्षेत्रमा देखिएको विवादमा केबलकारविरोधी समूहले प्रदर्शन गरेको हो ।
गत माघ १२ मा प्रहरीसँग भएको झडपका क्रममा दुईजनालाई गोली लागेको थियो । त्यसयता केबलकारविरोधी समूहले आन्दोलन चर्काउँदै आएको छ ।
सोमबार माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका आन्दोलनकारत पक्षले गृहमन्त्री लेखकको राजीनामा माग गरे ।
उनीहरूले ‘असक्षम गृहमन्त्रीले राजीनामा दे!’, ‘नो केबलकार’, ‘हजारौं प्रजातीका रुखहरू काट्ने विकास चाहिँदैन’, ‘सीडीओ लगायत दोषीलाई कारबाही गर’ लगायतका नारासहितका प्लेकार्ड बोकेका छन् ।
फेसबुक पेज Like गर्नुहोस