नेसपा (नयाँ शक्ति)को महाधिवेशन आजदेखि
खबर एक्सप्रेस
२०८१-१०-२७ १२:०६ मा प्रकाशित
Total Shares: 22
काठमाडौं - नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महाधिवेशन आजदेखि शुरु हुँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आइतबारबाट शुरु हुने महाधिवेशन माघ २९ गतेसम्म चल्नेछ । महाधिवेशन दिउँसो १२ बजेदेखि शुरु हुनेछ ।
महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने बताइएको छ । साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिनेछ ।
फेसबुक पेज Like गर्नुहोस