एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आजदेखि
काठमाडौं - नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आजबाट बस्दैछ । बैठक केन्द्रीय कार्यालयमा सुरु हुन लागेको हो ।
बैठकमा पार्टीको देशभर सांगठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ ।
भोलिसम्म बस्ने बैठकमा नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको बताइएको छ ।
गत असारमा दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले अहिलेसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसंगठन इन्चार्ज तोकेको छैन ।
पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुंगो लगाएको नामावली बैठकले अनुमोदन गर्नेछ ।
फेसबुक पेज Like गर्नुहोस