काठमाडौं - आईसिसि विश्वकप लिग-२ मा नेपालले तेस्रो खेलमा आज (आइतबार) ओमानसँग प्रतिस्पर्धा गर्दै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

पहिलो खेलमा ओमानसँग पराजित भएको नेपाललाई आजको खेल अवसर हुनेछ । १८ रनले पराजित भएको सो खेलको बदला लिने दाउमा रहेको छ ।

ओमान शीर्ष स्थानमा पुग्न नेपाललाई पराजित गर्ने लक्ष्यमा हुनेछ । ओमान लिगको दोस्रो स्थानमा रहेको छ । उसले ८ खेलमा ६ जितका साथ १२ अंक जोडेको छ । समान अंक रहेको अमेरिका नेट रनरेटमा ओमान भन्दा अघि छ ।

यता नेपाल भने २ खेलमा १ जित निकाल्दै २ अंक सहित तालिकाको पुछारबाट दोस्रोमा छ ।