काठमाडौं - संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको र प्रतिकार गर्दा शारीरिक हिंसा गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ।

अदालतले उनलाई डिल्लीबजार कारागारको थुनामा राख्न आदेश दिएको स्रेस्तेदार आनन्द श्रेष्ठले सेतोपाटीलाई बताए। हिरासतमा रहँदा महरा थापाथलीस्थित नर्भिक अस्पताल बसिरहेका थिए। उनलाई अब अस्पताल पठाउने कि थुनामै राख्ने भन्ने डिल्लीबजार कारागारले नै तय गर्नेछ।

सोमबार जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उनलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश गरेको हो।