मौसम : केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना
खबर एक्सप्रेस
२०७६-०४-२१ ११:०० मा प्रकाशित
Total Shares: 510
काठमाडौं - आज (मंगलबार) देशका केही स्थानमा मेघ गर्जनरचट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज केही स्थानमा हल्कादेखि मध्यमसम्म र पश्चिम पहाडका एकरदुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ स् देशका केही स्थानमा मेघ गर्जनरचट्याङ पर्ने सम्भावना रहकाले सतर्क रहन आग्रह गरिन्छ।
अहिले पश्चिमका केही स्थानमा वर्षा भइरहेको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।
फेसबुक पेज Like गर्नुहोस